Aamsanchar

दाङमा बनबाट ल्याएको च्याउको तरकारी खाँदा आमाछाेरा सिकिस्त

Author Image
शनिवार, असार ३०, २०८०

दाङ – दाङको बंगलाचुलीमा बनबाट ल्याएको च्याउको तरकारी खाँदा आमाछाेरा बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर-१ स्यूजाकी ३८ वर्षीया यमाकुमारी कवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहेको बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु कुवरले बताउनुभयाे ।

बिरामीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पताल ल्याइए पनि थप जोखिम हुने भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पतालले जनाएको छ । दुई जनाले शुक्रबार बिहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर