Aamsanchar

हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गयाे

Author Image
आइतवार, असार ३१, २०८०

भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ ।

बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनीहरुको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति आठ बजेतिर भएको घटनामा १० जना घाइते भएकामध्ये उपचारका क्रममा पाँच जनाको ज्यान गएको हो । अरु पाँच जना घाइतेहरुको उपचार भइरहेको छ ।

यस्तै, हिजो र अस्ति भारतको मुजफ्फरनगर जिल्लामा भएका छुटाछुटै गाडी दुर्घटनामा पनि चार जना बोलबम यात्रीको ज्यान गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर