Aamsanchar

लामो कसरत पश्चात एनएमसीले नयाँ समिति पायो 

Author Image
आइतवार, असार ३१, २०८०

बिर्तामोड ।   नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको  पदस्थापना तथा सपथग्रहण समारोह सम्पन्न भएको छ ।  संस्थाले बिर्तामोडमा शनिवार सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई पदस्थापना तथा सपथग्रहण कार्यक्रम गरेको हो ।
लामो समय पछि सहकारी संस्थाको नेतृत्व परिवर्तन भएको हो । संस्थाको ३० औं साधारणसभा र ८ औं अधिवेशनबाट नयाँ समिति चयन भएको थियो । गत पुष ३ गते देखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । यस अवधीमा सर्वसम्मत समिति चयनका लागि निकै कसरत र पटक पटकको छलफल भएको थियो ।  छ महिनामा बल्ल नयाँ समितिले पूर्णता पाएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विभागका रजिष्टार नवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत निर्वाचन समिति सदस्य टीका प्याकुरेलले गरेको कार्यक्रममा निर्वाचन समिति संयोजक हरिचरण शिवाकोटीले संस्था अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी नेतृत्व कार्यसमिति तथा लेखा सुपरीवेक्षण समितिलाई पदस्थापना तथा सपथ ग्रहण गराएका थिए ।

निर्वाचन समितिको कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य लोकराज ढकालले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर