Aamsanchar

बिर्तामोड र कनकाईलाई सुर्तिजन्य पदार्थको बिक्री र सेवन निषेध गर्न कति सहज कति असहज !

Author Image
आइतवार, असार ३१, २०८०


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका र कनकाई नगरपालिकाले भोलि (साउन १) देखि सुर्तिजन्य पदार्थको बिक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको छ ।  

साउन १ गतेदेखि गुट्खा, खैनी तथा चुरोट लगायत सुर्तिजन्य पदार्थको बिक्री वितरण र सार्वजनिक स्थलमा प्रयोग गर्न नदिने कार्यपालिकाले निर्णय गरेको हो ।
यि दुई नगरपालिकाले गरेको निर्णयलाई धेरै जसो सर्वसाधारणहरूले स्वागत गरेका छन् भने केही व्यवसायी र उपभोक्ताहरूले यो निर्णय सस्तो लोकप्रियताको लागि गरिएको भन्ने आरोप लगाएका छन् । 

कार्यन्वयन पक्ष चुनौती रहेको औँल्याउदै । सर्वसाधारणहरूको भनाई छ । ‘छिमेकी नगरपालिका अर्जुनधारा, मेचीनगर, भद्रपुर र शिवसतासी ले यस्तो निर्णय गरेको छैन । बिर्तामोड त सहर नै जोडिएको छ । वल्लो पसलमा किन्न र प्रयोग गर्न पाइने पल्लोमा नपाइने यो व्यवहारिक हुनै सक्दैन, निषेध गर्ने हो भने प्रदेश स्तरीय निर्णय हुनुपर्छ ।’
नगरवासीलाई बिक्री र सार्वजनिक स्थलमा निषेध गरिएको वस्तुको प्रयोग नगर्न आग्रह गरिएको छ । नगरपालिकाले सार्वजनिक स्थलमा बिक्री र प्रयोग नगर्न आग्रह मात्र गरेको छ । यो आग्रहलाई कतिले स्वीकार गर्छन र ? साँच्चै नागरिकको स्वास्थ्य प्रति चिन्तित बनेर गरिएको निर्णय हो भने  निर्णय कार्यन्वयन गर्ने विधि खोई भनेर नगरपालिका प्रति सर्वसाधारणहरूले प्रश्न गरेका छन् ।

हरेक गल्लीका ठूला देखि साना चिया पसल, घुम्तीहरूमा  निर्वाध रुपमा सुर्तीजन्य बस्तुको बिक्री हुँदै आएको छ ।  नियमन गर्नको लागि नगरपालिका सँग जनशक्ति पनि छैन । सबै नागरिकले नगरको निर्णयलाई पालना गर्ने प्रति शंका रहेको छ ।
नगरको निर्णय अनुसार सार्वजनिक स्थलमा पूर्ण रूपले सुर्तीजन्य बस्तुको प्रयोग बन्द हुने हो भने, वार्षिक करोडौं रुपैयाँ खर्च हुनबाट बच्ने, मानव स्वास्थ्यको संरक्षण मा सहयोग र प्लाष्टिकको खोल जता त्यतै फालिने गर्दा प्राकृतिक पर्यावरणमा परेको असर पनि कम हुने थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 199

प्रतिक्रिया (०)