Aamsanchar

कनकाई नदीमा  भेटिएको शवको पहिचान खुल्यो  

Author Image
आइतवार, असार ३१, २०८०

कनकाई । झापाको कनकाई नदीमा शनिवार साँझ फेला परेको शवको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार शव शिवसताक्षी नगरपालिका –८ का ९० वर्षीय टेक बहादुर श्रेष्ठको रहेको खुलेको हो ।

शनिवार साँझ साढे ६ बजे स्थानीयले कनकाई पुल दक्षिण ७ सय मिटर दक्षिणमा शव देखेर माइधार प्रहरीलाई खवर गरेका थिए । शवको पोस्टमार्टमका लागि हिजै दमक अस्पताल लगिएको थियो ।

नदिमा भेटिएको शवको आज बिहान साढे ६ बजे पहिचान खुलेको हो । प्रहरीका अनुसार टेक बहादुरका नाति दिल बहादुर श्रेष्ठले उक्त शव आफ्नो हजुरबाको भएको जानकारी गराएका छन् ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर