Aamsanchar

रोटरी र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको पद हस्तान्तरण 

Author Image
आइतवार, असार ३१, २०८०

बिर्तामोड ।  अन्तराष्ट्रिय संस्था रोटरी क्लब नेपाल भुटान  अन्तरगत रोटरी क्लब अफ  बिर्तामोडको  १४ औैँ पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बिर्तामोड स्थित रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि ध्वजुले पानस मा दीप प्रज्वलन गरेर विधिवत रूपमा उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि ध्वजु र  क्लबका निवर्तमान अध्यक्ष ओमकृष्ण विमलीले सन् २०२३/२४ का अध्यक्ष बविता गिरीलाई क्लबको  चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यवल र गन प्रदान गरी विधिवत रूपमा पद हस्तान्तरण गरेका थिए ।  त्यस लगत्तै प्रमुख अतिथि  डिस्ट्रिक्ट गर्भनर ध्वजूले नवनिर्वाचित अध्यक्ष गिरीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सपथग्रहण पश्चात सन् २०२३/२४ का अध्यक्ष गिरीले मिटिङ कल गरी आफ्नो टिमको परिचय गराउँदैँ भावी योजना प्रस्तुत गरेकी थिइन । अध्यक्ष गिरीले आफ्नो कार्यकालका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन । साथै रोटरी क्लबका सदस्यहरूलाई रोटरी पिन प्रदान गरिएको थियो ।

रोटरी क्लब अफ बिर्तामोडको सन् २०२३/२४ को बोर्डमा प्रेसिडेन्ट बविता गिरी, आइपिपि ओमकृष्ण बिमली,  प्रेसिडेन्ट इलेक्ट सुरेशकुमार अग्रवाल, प्रेसिडेन्ट नोमिनी प्रकाश शिवाकोटी, भाइस प्रेसिडेन्ट  दीपक गिरी, सेक्रटरी डा. सन्ध्या राठी, ट्रेजरर आमोद आचार्य, सर्भिस प्रोजेक्ट डाइरेक्टर निर्मल भट्टराई, टिआरएफ डाइरेक्टर निकिता गिरी, पब्लिक इमेज डाइरेक्टर पार्वता खरेल बिमली, मेम्बरसिप डाईरेक्टर आशा आचार्य, युथ सर्भिस डाइरेक्टर  शैलेन्द्र कुरुङवाङ, क्लव एडमिन सुरेश वंशल, क्लव मेन्टर बिनोद बस्नेत, क्लब ट्रेनर मीनप्रकाश मैनाली, क्लब एडभाईजर राजकुमार पोखरेल, विनयराज पोखरेल, एसएए कुमार गिरी रहेका छन् ।

रोटरी क्लब अफ बिर्तामोड सन् २०२३/२४ का अध्यक्ष बविता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सन २०२२–२३ का अध्यक्ष ओमकृष्ण विमलीले आफ्नो कार्यकालमा भए गरेका कामको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा रोट्रयाक्ट क्लब अफ बिर्तामोडको ११ औं पद हस्तान्तरण पनि गरिएको छ ।  २०२२/२३ का अध्यक्ष बसन्त ढकालले आफ्नो पद वर्ष २०२३/२४ का अध्यक्ष बाप्पा साहलाई हस्तान्तरण गरेका छन् । रोट्रयाक्टको नयाँ कार्यसमितिमा आइपिपि बसन्त ढकाल, प्रेसिडेन्ट इलेक्ट प्रज्ज्वल बिमली, सेक्रटरी प्रनिशराज घिमिरे, भाइस प्रेसिडेन्ट मन्दिप बुढाथोकी, साङ्गे दार्जे शेर्पा, रिसभ ढकाल, ट्रेजरर कमला भट्टराई, क्लब एडमिनिस्ट्रसन चियर सेविका वन, प्रोसेससेनल डेभ्लवमेन्ट चियर वन्दना सिंह ठकुरी, कम्युनिटी सर्भिस चियर सिमा त्रिताल, रोटरी फाउण्डेसन चियर राज मुखिया, मेम्वरसिप चियर सुजन शिवाकोटी, पब्लिक इमेज चियर योगेश लिम्बु, फेलोसिप चियर सुमनकुमार पोदार, प्रमोसन चियर सुशील थापा, इन्टरएक्ट फाउण्डेसन चियर बिकाश बस्नेत, आईटी अफिसर लक्ष्मी यादव, जोइन्ट सेक्रटरी रोशन दंगाल, जोइन्ट ट्रेजरर रीचा घिमिरे, इडिटर अजय अधिकारी, स्पोर्ट कोअर्डिनेटर प्रसिद्ध बस्नेत, सर्जेन्ट एट आम्स कौशल अधिकारी, जोइन्ट सर्जन एट आम्स रविन राजवंशी रहेका छन् ।

प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर राजेन्द्र प्रसाद ध्वजुले नवनिर्वाचित सबै पदाधिकारीसहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । अहिले सम्म बिर्तामोड रोटरीले  निक्कै राम्रो काम गरेको र अबको नयाँ टिमबाट पनि उपलब्धि मूलक काम हुने आशा लिएको उनले  धारणा राखेका थिए ।

दुई सय बढि देशमा रोटरीका सदस्यहरू भएको र रोटरीको सदस्य भएकै कारण विश्वमा रोटरी क्लबमा गर्वका साथ सहभागिता जनाउन सकिने उनको भनाई छ । यो संस्था नाफामुखी नभएर सेवामुखी भएको, रोटरीको नेतृत्वमा पुग्ने व्यक्तिले गौरव मान्ने र समाजमा केही गर्ने अवसर पनि मिलेको उनले बताए ।  नेतृत्वमा भइसकेपछि रोटरीका गतिविधिन बुझे योजना पुरा नहुने र डेढ बर्षअघि नै उस्ले रोटरी बुझीसकेको हुनपर्ने उनको तर्क  छ ।

कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गर्भनरहरु बासुदेव गोल्यान, सञ्जय गिरी, सन्तोष रिजाल, प्रेसिडेन्ट इलेक्ट राजेन्द्रमान शेरचन, असिस्टेन्ट गर्भनर रविन श्रेष्ठ, आईपीपी डिस्ट्रिक्ट गर्भनर लक्ष्मण खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा रोटरी क्लबका  सुरेशकुमार अग्रवाल (भद्रपुरे) ले स्वागत गरेका थिए ।  कार्यक्रमको सञ्चालन डा. सन्ध्या राठीले गरेकी थिइन भने, टोस्ट प्रस्थाव मीनप्रकाश मैनालीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
Views: 151

प्रतिक्रिया (०)