Aamsanchar

१ लाख ९० हजार डलरमा बिक्याे सन् २००७ काे आईफाेन

Author Image
सोमवार, साउन १, २०८०

पहिलाे पुस्ताकाे एउटा आईफाेन १ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै २ कराेड ५० लाख रुपैयाँमा बिक्री भएकाे छ । अमेरिकामा भएकाे लिलामीमा एपलकाे प्ल्यागशिप र सबैभन्दा सफल डिभाइसकाे पहिलाे पुस्ता महँगाे मूल्यमा बिक्री भएकाे हाे ।

याे आईफाेनकाे पहिलाे जेनेरेशनलाई सन् २००७ जुन २९ मा अमेरिकामा पेस गरिएकाे थियाे । याे आईफाेनलाई ४ र ८ जीबीसम्मकाे स्टाेरेज क्षमताका साथ पेस गरिएकाे थियाे ।

एपलइनसाइडर अनुसार एलएसजी लिलामीकाे २०२३ ग्रीष्मकालीन प्रिमियम लिलामीकाे दाेस्राे चरणमा याे आईफाेन प्रदर्शनमा राखिएकाे थियाे, याे प्रदर्शनी जुन ३० देखि जुलाई १६ सम्म चलेकाे थियाे । याे आईफाेनका लागि २८ जनाले बाेली लगाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर