एजेन्सी – चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले वितण्डा मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले वितण्डा मच्चाएको हो । प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको समुद्री आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् ।
तटीय क्षेत्रबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्र सारिएको छ । हजारौं माछा फार्महरु तहस नहस भएका छन् । हाइनान प्रान्तमा सुमद्रको लहर २० फिटसम्म माथि उठेको जनाइएको छ । समुद्री आँधीसँगै भारी वर्षा पनि भएको छ । जसकार कारण हवाई उडानका साथै यातायात अवरुद्ध भएको छ ।
आँधीको प्रभाव भियतनाममा पनि परेको छ । भियतनामले पनि ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । आँधीको प्रभाव मंगलबार साँझ वा भोलिसम्मै रहनसक्ने चिनियाँ मौसम पूर्वानुमान विभागले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 126