Aamsanchar

नक्कली मुद्रा र सुनसहित दुई जना पक्राउ

Author Image
मङ्गलवार, साउन २, २०८०

काठमाडौ – प्रहरीले नक्कली मुद्रा र सुनसहित दुई जनालाई पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा   गोरखा आरूघाट गाउँपालिका-१० बस्‍ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र  भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी ठोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट  ४ किलो २ सय ग्राम नक्कली सुन  तथा  १६ हजार नक्कली भारतीय रूपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुका  प्रहरी उपरीक्षक  (एसपी) सिताराम रिजालले जानकारी दिए ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर