Aamsanchar

कोशी प्रदेश ट्राफिक डिजिटल मैत्री बन्दै, बिर्तामोडलगायत केही शहरमा टिभिआरएस प्रणाली सुरु 

Author Image
मङ्गलवार, साउन २, २०८०

झापा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोशी प्रदेशमा पहिलो पटक  ट्राफिक जरिवाना वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने र सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख राख्न (Traffic Violation Record System)  को सुरुवात गरेको छ । पहिलो चरणमा  यो प्रणाली श्रावण १ गतेबाट मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, झापाको बिर्तामोड र दमक नगरपालिका भित्रका क्षेत्रहरूमा लागू गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ बमोजिम ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकार बमोजिम नियमानुसार नगदी रसिद मार्फत गरिदै आएको जरिवानालाई प्रविधि मैत्री एवं पारदर्शी बनाई व्यवस्थित गर्न यो प्रणाली मार्फत ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक हरुलाई ट्राफिक प्रहरीले नियमानुसार जारी गर्ने २४ घण्टे पुर्जी दिइने र  नजिकको राष्ट्रिय वाणिज्य बैंक मार्फत राजश्व दाखिला गरे पश्चात मात्र ट्राफिक कारवाहीका लागि खिचिएका कागजपत्र फिर्ता दिइने छ ।

TVRS (Traffic Violation Record System)  मार्फत सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गरिने भएको हुँदा ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकहरूको नियमानुसार सवारी चालक अनुमति पत्र निलम्बन हुने कानुनी व्यवस्था रहेको जानकारी गराउँदै प्रदेशका अन्य स्थानमा समेत TVRS र Online Digital Payment  मार्फत ट्राफिक जरिवाना भुक्तानी गर्ने व्यवस्था मिलाउन ट्राफिक प्रहरी कार्यालय इटहरीबाट थप पहल भइरहेको उक्त कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर