Aamsanchar

वीरता लेडी जेसीजबाट ५० जनाले लिए तालिम 

Author Image
बुधवार, साउन ३, २०८०

बिर्तामोड । वीरता लेडी जेसीजको आयोजनामा एकदिवसीय ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ।

नेपाल जेसीजका प्रोभिजनल मास्टर TOT ग्र्याजुएट माधवमणि खनालले तालिमको  सहजीकरण गर्नु भएको थियो।
वीरता लेडी जेसीजको सचिवालयमा आयोजित तालिममा  जेसीजका  सदस्यहरू  र अन्य संघ संस्थाका प्रतिनिधिहरू सहित ५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि न्युटनस एजुकेसन फाउण्डेसन विर्तामोडका प्रिन्सिपल देवेन्द्र हुमागाईं, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष निरू उप्रेती ओली, पूर्व अध्यक्षहरु राधा सुब्बा ,नैनकला भट्टराई, मानार्थ सदस्य सुनिता उप्रेती, सञ्चारिका समूह झापा अध्यक्ष लिला अनमोल, लगायतले समयको माग अनुसार  विशेषगरी  आमाहरूको सहभागितामा अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेकोमा लेडी जेसीजलाई धन्यवाद र बधाइ दिएका थिए।

अभिभावक अभिभुखिकरण तालिम अत्यन्तै समय सान्दर्भिक  प्रभावकारी र व्यवहारिक भएको तालिमका प्रशिक्षार्थीहरू संगीता सुवेदी र दुर्गा अधिकारीको प्रतिक्रिया थियो।

वीरता लेडी जेसीजका अध्यक्ष संगीता गिरीको अध्यक्षता रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश निवर्तमान अध्यक्ष संगीता चिमरिया र स्वागत कार्यक्रम संयोजक चन्द्रकला भट्टराईले गरेकी  थिइन्।
मेनुका ओलीले आस्थावाचनयुनिता दवाडीले मिसन भिजन वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)