Aamsanchar

रेडियोहरुमा सुरेश अधिकारीका सांगीतिक कृतिहरू प्रसारण नगर्न छाता संगठनको उर्दी

Author Image
बिहिवार, साउन ४, २०८०

काठमाडौं । नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकाष्टर्स फोरम (RBF)  नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (BAN) र सामुदायिक रेडियो प्रसारक संघ (ACORAB),  नेपालमा आवद्ध रेडियोहरूलाई सुरेश अधिकारीका सांगीतिक कृतिहरू प्रसारण नगर्न प्रेस विज्ञप्ति जारी गरेको छ ।

नेपालका स्वतन्त्र रेडियोका सञ्चालक तथा सम्वद्ध संघ संस्थालाई लक्षित गरी सुरेश अधिकारीको नामबाट सञ्चालित फेसबुक मार्फत आएको अत्यन्त अमर्यादित गाली गलौच, मानमर्दन र भ्रम सिर्जना गर्ने आशय सहितको अभिव्यक्ति दिएको भन्दै वान र आरबिएफले आज प्रेस विज्ञप्ति जारी गरेको हो ।

नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा सामाजिक पहिचान बनाएका व्यक्ति वाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै अर्थमा पनि सभ्य समाजमा सुहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउने मात्रै होइन सञ्चार माध्यम सितको सम्बन्धमा समेत दूरी बढाउने कार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।

संगीत रोयल्टी संकलन समाजका नाममा स्थापित एक गैर सरकारी तथा गैर नाफा मूलक संस्थाका नाममा राज्यको चौथो अंगको रुपमा स्थापित सञ्चार उद्योगको सुसञ्चालन गर्न पाउने नेपालको संविधानको भाग ३ “मौलिक हक र कर्तव्य” अन्तर्गतको १९ औं दफा (संचारका हक) को ठाडो उलङ्घन गर्दै आम सञ्चार गृहका उपकरणहरू समेत उठाउने विषयमा समेत दिएको अभिव्यक्ति प्रति खेद व्यक्त गर्दै, नेपाल सरकार सँग आम संचारगृहको सुरक्षाको माग समेत विज्ञप्ति मार्फत गरिएको छ ।

समाजले एक संगीत सर्जक द्धारा यसरी सञ्चार माध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्ने सम्मको अभिव्यक्ति दिनु पक्कै पनि विधि, विधान र लोकतान्त्रिक चरित्र विपरीतको कार्य भएकाले यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्र बीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने कुराको महसुस गर्दै उहाँका सम्पूर्ण सांगीतिक कृतिहरू रेडियोबाट प्रसारणमा गर्न नसकिने व्यहोरा विज्ञप्ति मार्फत गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर