Aamsanchar

झिलझिले प्रहरी हिरासतमा पीडित लाई नै राखे पछि न्याय नपाउने आशङ्कामा पीडितका परिवार

Author Image
बिहिवार, साउन ४, २०८०

झापा । झापाको शिवसताक्षी ८ मा असार २१ गते भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान गर्ने भन्दै पीडितलाई उल्टै हिरासतमा राखेको पाईएको छ ।

घटनापछि घाइते भएर उपचार गरेका रामवहादुर थापालाई इलाका प्रहरी कार्यालय झिलझिलेले हिरासतमा राखेको पीडित परिवारले बताएका छन् ।

सिमाना विवादको निहुँमा स्थानीय अजेश सुवेदी, मिना मिश्र सुवेदी, निरोज सुवेदी र रोहित सुवेदीको समूहले थापा परिवार माथि निर्घात कुटपिट गरेको विहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित रामवहादुरकी छोरी लज्जा थापाले बताइन् ।

पीडित परिवारको तर्फबाट असार २२ गते कुटपिटमा सम्लग्न सुवेदी परिवारका चारै जना विरुद्ध ‘ज्यान मार्ने उद्योग’मा मुद्धा दर्ता गराएका थिए । इलाका प्रहरी कार्यालय झिलझिले र झापा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सुवेदी र थापा परिवारको सिमाना विवाद सम्वन्धि मुद्धा वडा कार्यालय र नगरपालिकामा रहेको न्यायिक समितिमा समेत छलफल भएपनि हल हुन नसकेको स्थानीय खेम बुढाथोकीले बताए । विवादकै बीच खेतमा आली लगाउने तयारी गर्दा गर्दै थापा परिवारमाथि सुवेदी परिवारले घरेलु हतियार ९रड, ढुङ्गा, मुडा०ले आक्रमण गरेको पीडित परिवारकी आफन्त तथा प्रत्यक्षदर्शी विनिता भट्टराईले बताइन् ।
ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपनि प्रहरीले अजेश सुवेदी र , मिना मिश्र सुवेदीलाई पक्राउ नगरेको पीडितको भनाई छ । जसमध्ये प्रहरीकै सेटिङमा मिना अमेरिका गएको उनीहरुको आरोप छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 164

प्रतिक्रिया (०)