Aamsanchar

इलाममा अलैंची खेती मासिने डर

Author Image
शुक्रवार, साउन ५, २०८०

इलाम – इलाममा अलैंची खेती मासिने डर भएको छ ।

अलैंची मासिदै जानथालेपछि अलैंची खेतीबाट वार्षिक घर खर्च टार्दे आएका किसानलाई समस्या हुने भएको छ । यस पटक उत्तरी इलामकोे प्याङ, सोयाङ र जोगमाईमा अलैंची उत्पादनमा ह्रास आउन सक्ने भन्दै किसानहरु चिन्तित भएका छन् ।लामो समय खडेरी परेकाले अलैंची उत्पादनमा ह्रास आउने भएको हो । माघदेखि जेठसम्मको खडेरीले धेरै किसानको अलैंची बगाननै सखाप भएपछि उत्पादनमा ह्रास आउने किसानहरु बताउँछन् । लामो समयसम्म खडेरी पर्नु र सोही समयमा लागेका विभिन्न रोगका कारण जिल्लाभरी अलैंची उत्पादनमा कमी आएको छ ।

समुद्री सतहको ११ सयदेखि १६ सय मिटर उचाईसम्म राम्रोसँग अलैंची खेती हुने गर्दछ । केही समय अगाडि अलैंचीको बजार भाउ राम्रो हुँदा प्राय सबै किसानले अन्य सबै खेती मासेर अलैंची खेती विस्तार गरेका थिए । तर अलैंचीको बोटमा विभिन्न रोगको प्रकोप देखा पर्नु र लामो समयसम्म लागेको खडेरीले किसानको बगान नै सखाप हुन थालेपछि किसानहरु विकल्प खोज्न थालेका छन् ।

हजारौं रोपनीमा भएको पुरानो अलैंची बगान फुर्के रोगले सखाप बनाएको छ । जंगल फडानी गरी खुला पारेको जमिनमा भर्लाङ जातको अलैंची रोपेका थिए । केही साल फल्ने र त्यसपछि सबै मर्ने समस्या सुरु भएपछि धेरै किसानले भएको अलैंची पनि उखेलेर अन्य खेती सुरु गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर