Aamsanchar

महिला सामुदायिक द्वारा ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग 

Author Image
शनिवार, साउन ६, २०८०


घोराही ।   नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विपन्न परिवारका ५० जना विद्यार्थी बालबालिकाहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ । शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि संस्थाले घोराही उपमहानगरपालिकाका५० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्रीहरू सहयोग गरेको हो । मेट लाइफ नेपालसँगको सहकार्यमा ‘विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तरगत विद्यार्थी बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विपन्न परिवारका बालबालिकाहरू आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यका साथ बालबालिकाहरूलाई शैक्षिक सामाग्री सहयोग गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो । बालबालिकाहरूलाई शैक्षिक सामाग्री अन्तरगत झोला, कापी, कलम, ज्यामिटी बक्स, मसी, ड्रेस, जुत्ता मोजा लगायतका सामाग्रीहरू सहयोग गरिएको थियो ।

त्यस अवसरमा वादी समुदायका विपन्न बालबालिका लगायत अन्य विपन्न परिवारका बालबालिकाहरूलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । ड्रेस किताब कापी लगायत शैक्षिक सामाग्री नहुँदा विद्यालय जान नमान्ने बालबालिकाहरूलाई संस्थाले बितरण गरेको शैक्षिक सामाग्रीले विद्यालय जान हौसला दिने र उनीहरूको भविष्य उज्ज्वल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने वादी समुदायको बस्ती रहेको दुर्गा भवानी टोलका रञ्जिता वादीले बताउनु भयो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं मेट लाइफ नेपालका प्रमुख अरुण बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल महिला सामुदायिक सेवा केन्द्रले बालबालिकाहरूलाई शिक्षामा सहयोग गरेर सामाजिक कार्यको उदाहरणीय काम गरेको बताएका थिए ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका प्रबन्धक पवन योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक आर।के। शीतलले गर्नुभएको थियो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले सात सय बढि बालबालिकाहरूलाई शिक्षामा सहयोग गरिरहेको संस्थाले जानकारी दिएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर