Aamsanchar

रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैयाँ

Author Image
शनिवार, साउन ६, २०८०

घोराही ।  रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैँया निर्वाचित हुनुभएको छ । क्लबको वर्ष २०२३÷०२४ कालागि मजगैयाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । मजगैयाँले शनिवार पदभार ग्रहण गर्नुभएको हो । क्लबले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गराएको छ । निवर्तमान अध्यक्ष ओविन्द्रबहादुर महराले नवनिर्वाचित अध्यक्ष मजगैयाँलाई पद हस्तान्तरण गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष मजगैयाँ दाङ जिल्ला क्रिकेट संघको अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्ष, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको कार्यकारी निर्देशक लगायत विभिन्न सामाजिक सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ ।

क्लबको नयाँ कार्यसमितिको प्रस्ताविक आगामी अध्यक्ष प्रदीप सुवेदी, मनोनित अध्यक्ष रोशन दाहाल, उपाध्यक्ष मस्कुर अहमद, सचिव भरतराज देवकोटा, कोषाध्यक्ष बुद्धिप्रकाश शर्मा, सजेन्ट इनाम रजिव सल्लाह खान, क्लब ट्रेनर डा.चेतनारायण पाण्डे, सहसचिव युवराज पन्त, सर्भिस डाइरेक्टर गजेन्द्र बर्मा, सदस्य डाइरेक्टर बसन्तराज अधिकारी, पब्लिक इमेज डाइरेक्टर कमल रेग्मी, सर्भिस डाइरेक्टर रामप्रसाद पोख्रेल, फाउन्डेसन डाइरेक्टर ई। जीवन आचार्य, क्लब मेन्टर पदम कुमार के।सी र मिडिया कोर्डिनेटरमा आर।के। शीतल रहनुभएको छ ।

रोटरी क्लब अफ घोराहीमा बर्ष २०२२÷०२३ का अध्यक्ष ओविन्द्र महराको अध्यक्षता एवं रोटरी क्लब अफ नेपालका असाइन एसिस्टेन्ट गभर्नर बिमल रिजालको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुँमा डिसीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि रोटरी क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । क्लबको मूल्य र मान्यता अनुसार काम गर्न नयाँ कार्यसमितिलाई सल्लाह दिदै सहभागीहरूले विशेष गरि ग्रामीण क्षेत्रका युवाहरूको क्षमता विकासका कार्यक्रम लिएर उनीहरूलाई व्यवसायिकता जोड्नका लागि काम गर्न पनि अनुरोध गरेका थिए । कार्यक्रममा क्लबका एसिस्टेन्ट गभर्नर डा। चेतनारायण पाण्डेय लगायत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ नेपालका असाइन एसिस्टेन्ट गभर्नर विमल रिजालले नवनिर्वाचित अध्यक्ष मजयौगालाई सपथ गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष मजगैयाँले कार्यसमितिका पदाधिकारीहरूलाई सपथ गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रदीप मजगैयाँले मानवीय विकास र वातावरण संरक्षणको क्षेत्रमा रोटरी क्लबले अबको एक वर्ष काम गर्ने गरि योजना बनाएर अगाडि बढेको बताउनुभयो । उहाँले युवाहरूको क्षमता विकाससँगै समग्र समाजको विकासका लागि काम गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक रोशन दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव भरतराज देवकोटाले गर्नुभएको थियो ।

रोटरी क्लबले घोराहीका तीन स्थानमा वृक्षारोपण गर्ने
रोटरी क्लब अफ दाङले आइतबार घोराहीमा वृक्षरोपण कार्यक्रम गर्ने भएको छ । क्लबले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा घोराहीको तीन स्थानमा वृक्षरोपण गर्ने भएको हो । आइतबार बिहान साढे ७ बजेदेखि रणसिंह दल गण भरतपुर, गुलरिया क्रिकेट मैदान र सिद्ध रत्न नाथ मठ चौघेरामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो । साथै उहाँले वृक्षारोपण कार्यक्रममा सहभागी हुन सम्पूर्ण मा अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)