Aamsanchar

दक्षिण अफ्रिका स्विडेनसँग पराजित

Author Image
आइतवार, साउन ७, २०८०

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विडेनले दक्षिण अफ्रिकालाई हराएकाे छ ।

आज आइतवार न्युजिल्यान्डकाे वेलिंगटन रिजनल स्टेडियममा भएकाे खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गाेलले हरायाे । दक्षिण अफ्रिकाले पहिलाे हाफकाे शुरुमै अग्रता लिए पनि त्यसलाई जाेगाउन सकेन । दक्षिण अफ्रिकाका लागि खेलकाे ४८ औँ मिनेटमा हिलाद मागियाले गाेल गरिन् । स्विडेनका लागि खेलकाे ६५ औँ मिनेटमा फ्रिडाेलिनाे राेल्फाे र ९० औँ मिनेटमा अमन्दा इस्टेडले गाेल गरिन् । याे जितसँगै समूह ‘जी’ मा रहेकाे स्विडेनले ३ अङ्क जाेडेकाे छ ।

यस्तै आजै समूह ‘ई’ मा नेदरल्यान्ड्स र पाेर्चुगलबीच अहिले सवा १ बजे खेल हुँदैछ । यस्तै समूह ‘एफ’ मा फ्रान्स र जमैकाबीच बेलुकी पाैने ४ बजे खेल हुँदैछ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर