Aamsanchar

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका युआनसँग प्रधानमन्त्रीकाे भर्चुअल संवाद

Author Image
आइतवार, साउन ७, २०८०

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका युआन च्या च्युनसँग इटलीको रोमबाट भर्चुअल संवाद गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य युआनसँग प्रधानमन्त्री दाहालले रोमबाट भर्चुअल संवाद गरेका हुन्।

युआन नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा २६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार बिहान काठमाडौं  आइपुगेका हुन्। प्रधानमन्त्री र युआनबीचको भर्अुचल संवादमा दुई पक्षीय हितका बारेमा छलफल भएको थियो।

युआन नेतृत्वको टोली सिंगापुर र श्रीलंकाको भ्रमण सकेर नेपाल आइपुगेको हो। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन सोमबार रोम पुगेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर