काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सो सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको हो । सोमबार चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 104