Aamsanchar

पाँचथरमा सरकारी मोटरसाइकल दुर्घटना, झापाको विर्तामोडका २४ बर्षिय युवकको मृत्यु

Author Image
मङ्गलवार, साउन ९, २०८०

पाँचथर – पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।मंगलबार बिहान एक बजेर ४५ मिनेट जाँदा फिदिम–२ ओदिनमा भएको दुर्घटनामा झापाको विर्तामोड नगरपालिका ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो ।

अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम २ ओदिन नजिकै दुर्घटनामा परेको थियो । मृतक प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत थिए ।

उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो ।

मोटरसाइकलमा उनी सामदिनदेखि फिदिमतर्फ आँउदै गर्दा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले बताए ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर