Aamsanchar

बिर्तामोडबाट फिदिमका लागि छुटेकाे जिप दुर्घटना, एक जनाको मृत्यु , १३ घाइते

Author Image
मङ्गलवार, साउन ९, २०८०

पाँचथर – पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरकाे जीप सडकबाट तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो ।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तस्बिर : रुटिन अफ पाँचथर बन्द

Views: 166

प्रतिक्रिया (०)