Aamsanchar

१ लाख १३ हजार ५ सय पुग्यो सुनकाे भाउ

Author Image
बिहिवार, साउन ११, २०८०

काठमाडौं  ः नेपाली बजारमा सुनको भाउ आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय पुगेको छ।

साताको पाँचौँ दिन सुनको मूल्य एक लाख १३ हजार नाघेको हो। बुधवार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साउन ४ गते सुन  हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। यस दिन सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज  बजारमा चाँदी तोलामा २५ रुपैयाँले बढेर  प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२