अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ, अअन्तर्राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको आसन्न निर्वाचनमा मदनराज पौडेलले सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको तिन वर्षे कार्यकालका लागि उनले आफ्नो उम्मेदवारी दिएका हुन ।
गैर आवासीय नेपालीहरूको हक हित एवम् आपसी सद्भाव र एकता कायम, उत्तम कार्यसम्पादन गर्ने प्रतिवद्धता सहित उनी निर्वाचनमा होमिएका छन् । पौडेलले आफूलाई साथ, सहयोग, सल्लाह सुझाव सँगै मतदान गरेर निर्वाचित बनाई दिन मतदाता समक्ष अपील पनि गरेका छन् ।
निर्वाचन तालिका अनुसार मतदाता भेटघाट र सम्पर्कमा रहेका पौडेलले अस्ट्रेलिया भरीका विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, एआरएनए एनसीसी अस्ट्रेलियाका अभियन्ता, सामाजिक अभियन्ताहरू समक्ष पौडेलले भेटघाट र जनसम्पर्क बढाएका छन् ।
मेहनती, दृढ सङ्कल्प साथ हरेक क्षेत्रमा शसक्त रुपमा प्रस्तुत हुँदै आएका उम्मेदवार पौडेललाई अष्ट्रेलियामा रहेका नेपालीहरूको साथ र समर्थन पनि जुट्दै गएको छ ।
आफ्नो ऊर्जाशील समयलाई नेपालीहरूको हितमा लगाउन पाउने पदीय जिम्मेवारीको अवसर प्राप्त गर्नेमा पौडेल आशावादी बनेका छन् ।