

बिराटनगर। खोटाङ र तेह्रथुमको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका( ६ कच्चि सडक खण्डमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना। ६ त २४६६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजि ५० मिटर तल झरी दुर्घट्ना हुँदा घाईते भएका ट्याक्टर चालक खोटेहाङ( ३ का २३ बर्षीय पवन तामाङलाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका( ६ मा बा। ६८ प ५८३८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका आठराई( ३ का २५ बर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लादै गर्दा बाटोमा मृत्यु भएको कोशी प्रदेश प्रहरीले जानकार िदिएको छ ।
घाईते भएका मोटरसाईकल चालक धरान( १५ का २६ बर्षीय सुरेन्द्र राईलाई सामान्य उपचार पश्चात थप उपचारको लागि धरान तर्फ रेफर गरिएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।



