

खोटाङ – खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ ।

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट रसुवाका लागि छुटेकाे ना ६ त २४६६ नम्बरको ट्र्याक्टर पल्टिँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको ज्यान गएकाे हाे।

खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीको नेर्लामा बिहीवार हिजाे बेलुका ट्र्याक्टर पल्टिएर गम्भीर घाइते भएका तामाङको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।

उहाँको शव पोष्टमार्टमका लागि इन्द्रेणीपोखरी लगिएको छ ।
Views: 121

