Aamsanchar

अधिवक्ता शीतल पाण्डे (भगवती)विरुद्ध पक्राउ पुर्जी

Author Image
शुक्रवार, साउन १२, २०८०

काठमाडौं – विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता शीतल पाण्डे (भगवती)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।उनले भने, ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्‍न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिनु भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। यसबारेमा हामीले पक्राउ पुर्जी जारी गरेका छौं।’

पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।

यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

Views: 136

प्रतिक्रिया (०)