Aamsanchar

सुरुङ्गामा इन्भेष्टमेन्ट कम्पनीको कार्यालय उद्घाटन

Author Image
शनिवार, साउन १३, २०८०

कनकाई । रोटरी क्लवअफ सुरुङ्गाले संचालनमा ल्याएको विभूति इन्भेष्टमेन्ट कम्पनी प्रा।लि।को कार्यालय उद्घाटन गरिएको छ ।

विभिन्न सङ्घसंस्थाको नेतृत्व गरिसकेका यस क्षेत्रका सामाजिक व्यक्तित्वहरू रहेको रोटरी क्लब मार्फत सञ्चालनमा आएको कम्पनीले कनकाई–३, सुरुङ्गास्थित कुमुदिनी कम्प्लेक्समा कार्यालय स्थापना गरेको हो । दुई वर्ष अघि मात्र स्थापना भएको यो कम्पनीका शेयर सदस्यहरू सबै रोटरी क्लब अफ सुरुंङगाका पदाधिकारी एवं सदस्यहरू मात्र रहेको बताइएको छ ।

आय–आर्जनका विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले रोटरी क्लब अफ सुरुङ्गामा आवद्ध पदाधिकारी एवं सदस्यहरूबाट कम्पनी स्थापना भएको संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले जनाएका छन् । सदस्यहरूबाट एक लाखदेखि १० लाख सम्मको शेयर खरिद भएको यो कम्पनीले प्रारम्भिक चरणमै आयआर्जनका क्षेत्रहरूको पहिचान गरी अन्य विभिन्न क्षेत्रमा गरेको लगानीले सफलताको संकेत देखाएको अध्यक्ष पोखरेल बताउँछन्। कम्पनीको शेयर सदस्य बन्नका लाीग रोटरी क्लब अफ सुरुङ्गाको सदस्य नै हुनु पर्ने संस्थाले नियम बनाएको छ ।

तत्कालीन अवस्थामा ३० जना शेयर सदस्य रहेको कम्पनीको सञ्चालक समिति अध्यक्षमा कुमारमणि पोखरेल, प्रबन्ध निर्देशकमा लुवराज उप्रेती रहेका छन् भने सदस्यहरूमा क्रमशः एल।पी। उप्रेती, डिल्लीराम मैनाली, खेमप्रसाद प्रसाईँ, शिवकुमार गिरी र विनिता मैनाली रहेको बताइएको छ । कम्पनीमा केही शेयर सदस्य थप हुन सक्ने गरी प्रस्ताव समेत आएको बताइएको छ ।

आर्थिक व्यवस्थापनलाई सदस्यहरूका बिचमा पारदर्शी बनाउने उद्देश्यले कार्यालय स्थापनाको अवसरमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक लुवराज उप्रेतीले हाल सम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । दुई करोड सम्मको अधिकृत पुँजी रहन सक्ने यस कम्पनीले आयआर्जनका क्षेत्रमा अत्यन्तै धेरै काम गर्न सक्ने गरीको उद्देश्य राखेको प्रबन्ध निर्देशक उप्रेती बताउँछन् ।

कम्पनीका अध्यक्ष कुमारमणी पोखरेलको सभापतित्व सम्पन्न कार्यक्रममा अग्रज शिक्षासेवी एवं रोटरियन अखिलकुमार कोइरालाले  कम्पनीको कार्यालय समुद्घाटन गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर