Aamsanchar

श्रीअन्तुमा एक पर्यटकको सुतेकै अवस्थामा मृत्यु

Author Image
आइतवार, साउन १४, २०८०

इलाम । इलामको पर्यटकीय क्षेत्र अन्तुको एक होटलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा बिहान साढे ५ बजे मृत फेला परेका हुन् ।

पशुपतिनगर प्रहरीले मृतक पनि अन्तु घुम्न आएको उपमहानगरका कर्मचारीको टोलीमै रहेको उल्लेख गरेको छ । उनी सवारी चालक हुन् । तामाङ राति ११ बजेतिर साथीहरूसँगै सुतेको र बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । तामाङको मृत्युबारे उनको परिवारलाई सूचना गरिसकेको प्रहरीले जनाएको छ ।

Views: 166

प्रतिक्रिया (०)