Aamsanchar

मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

Author Image
आइतवार, साउन १४, २०८०

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

काठमाण्डाै – कालीखाेलामा लेदाेसहितकाे पहिराे खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएकाे छ ।

चितवनकाे इच्छाकामना गाउँपालिकामा रहेको कालीखाेला पुल नजिक अविरल वर्षापछि माथिबाट आएकाे लेदाेका कारण सडक अवरुद्ध भएकाे हाे।

बाटोमा लेदाे थुप्रिएका कारण सडक खण्ड भएर चल्ने गाडी रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । लेदाे पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएकाे छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।

 

 

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर