Aamsanchar

म्यानमारबाट मणिपुरमा आउने मानिसहरूकाे बायोमेट्रिक डाटा लिन सुरु

Author Image
आइतवार, साउन १४, २०८०

एजेन्सी – भारतको मणिपुरमा भड्किएको जातीय हिंसाकाबीच मणिपुर सरकारले म्यानमारबाट शरण लिन मणिपुर राज्यमा आउने मानिसहरूकाे बायोमेट्रिक डाटा लिन सुरु गरेको छ ।

म्यानमारको शरणार्थीको नाममा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचानका लागि सरकारले उक्त कदम चालेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी सेप्टेम्बर महिनासम्म बायोमेट्रिक गर्न लागेको हो । मणिपुरमा गत मे महिना देखि स्थानीय कुकी र मेइती समुदायबीच जारी हिंसाले उग्र रुप लिएपछी मणिपुर तनावग्रस्त बन्दै आएको छ ।

जातीय हिंसामा हाल सम्म १ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । हिंसा मच्चाएको आरोपमा ६ हजारभन्दा बढीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढार्ईएको छ ।

हिंसाकाबीच करिब ६० हजार मानिस घरबारबिहिन बनेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर