Aamsanchar

खैरबनीमा गेरुका मेला हेर्न गएका चार र पाँच बर्षिया बालिकाको पोखरीमा डुबेर मृ*त्यु

Author Image
आइतवार, साउन १४, २०८०

महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिका वडा नं ५ खैरबनीको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको गोरईता नगरपालिका वडा ९ को महेश मलि डोमको ४ वर्षकी छोरी चञ्चला कुमारी मलि डोम र सितामाढीं रामनगर पन पाखर  ग्रामको रामभजन मलि डोमको ५ वर्षकी छोरी अर्चना कुमारी मलि डोम रहेका छन्।

दुवै जना पोखरीमा एकै पटक डुबेका र मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका ईन्र्चाज मनोज यादवले जानकारी दिए। अर्चना र चञ्चला दुबई आमाको साथमा मामा गाउँ खैरबनीमा गेरुका मेला हेर्न आएका थिए।

दुवै बालिका १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोज तलास तीव्र गर्दा घरकै सामने रहेको रामविनय यादवको पोखरीमा नुहाउने क्रममा पानी मुनि हिलोमा फसेको अवस्थामा ५  बजे फेला परेका थिए।

बालिकाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको ईलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादवले जानकारी दिए।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर