Aamsanchar

कचनकवलमा युवाद्वारा श्रमदान

Author Image
आइतवार, साउन १४, २०८०

कचनकवल । राष्ट्रिय युवा संघ नेपाल, वार्ड कमिटी कचनकवल ६ को अगुवाइमा श्रमदान गरिएको छ ।
आज आइतबार स्थानीय समुदाय र युवाहरूलाई श्रमदानमा सहभागी गराई कच्ची सडकमा वार्डले मर्मत अन्तर्गत हालेको ग्राभेल मिलाउने कामका लागि श्रमदान गरिएको होे ।

संघका वार्ड अध्यक्ष श्याम घिमिरेको नेतृत्वमा भएको श्रमदान कार्यक्रममा कचनकवल वार्ड न ६ बनियानीका विभिन्न सडकमा बर्खाको कारण खाल्डा भई जमेको पानी काट्ने काम गरेको छ । वार्डले समिति बनाई मर्मत अन्तर्गत बाटोमा ग्राभेल हालेता पनि त्यो पर्याप्त नभएको र ग्राभेल नमिलाएका कारण नागरिकलाई आवतजावतमा असहज भएको थियो ।

आम नागरिकमा पनि आफूले गर्न सक्ने सामान्य काम समेत आफै गर्नुको साटो सामाजिक सञ्जालमा हाल्ने तर आफूले केही नगर्ने बानीको विकास हुँदै गएकाले आफूले गर्न सक्ने काम सामूहिक तवरले आफै गर्ने गरि नागरिकलाई समेत दायित्वबोध गराउन र स्थानीय सरकारलाई पनि काम पूर्णरुपले सम्पन्न गर्न जिम्मेवार बनाउन युवा संघले श्रमदान कार्यक्रम आयोजना गरेको निवर्तमान अध्यक्ष लेखनाथ दाहालले बताए ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले सुरु गरेको एवम् जिल्ला कमिटीले अनुमोदन गरि सर्कुलर गरेको चार महिने अभियान ‘समाज परिवर्तनको अभियान, नवयुवा को योगदान’ कार्यक्रमलाई सफल बनाउन वार्ड कमिटीले काम सुरु गरेको संघका वार्ड कमिटी सचिव जित बहादुर गुरुङले बताए ।

श्रमदान कार्यक्रममा संघका जिल्ला कमिटी सदस्य रमेश घिमिरे लगायतका युवा नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 380

प्रतिक्रिया (०)