Aamsanchar

पाँचथरमा टिपर पल्टँदा चालक र सहचालक घाइते, मेची राजमार्ग अवरुद्ध

Author Image
आइतवार, साउन १४, २०८०

फिदिम : पाँचथरको हिलिहाङ-७ सल्लेरीमा टिपर पल्टँदा चालक र सहचालक घाइते भएका छन् । टिपरका सहचालक संखुवासभा निवासी बिक्रम विश्वकर्मा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार चालक  भोजपुर षडानन्द-१३ का रिनछिरिङ तामाङ पनि घाइते भएका छन् ।

जोरपोखरीदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतबार बिहान मेची राजमार्गमा पल्टिएको हो ।

ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरु दुबै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर