Aamsanchar

तेह्रथुममा आफ्नै घरमा आगो लगाउने २८ वर्षीय युवक प्रकाउ

Author Image
आइतवार, साउन १४, २०८०

तेह्रथुम – तेह्रथुमको छथर गाउपालिका–६ सुदाप स्थित महाबीरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् ।

घरायसी विवादका कारण शनिबार राती आफ्नै घरमा आगो लगाउने २८ वर्षीय भानु बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी निरीक्षक छिपिन्जो भोटेले जानकारी दिनुभयो ।

आगलागीबाट तीनवटा उन्नत जातका गाई, दशवटा बाख्रा, अन्नपात, लत्ताकपडा, भाडाकुँडा सबै जलेर नष्ट भएको वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । शनिबार राती ११ बजे घरमा आगो लगाएर फरार भएका भानुलाई आइतबार बिहान प्रहरीले स्थानीय चप्परीचौकबाट पक्राउ गरेको हो ।

आगोलागीबाट ३० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । दुईदिन अघि घरका परिवार सबैलाई मार्ने धम्की दिएर घरबाट बाहिर निस्किएका भानुले शनिबार राती परिवार सुतिरहेको अवस्थामा आगो लगाएका थिए ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर