Aamsanchar

महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते

Author Image
सोमवार, साउन १५, २०८०

काठमाडौं :  काठमाडौंको रत्नपार्कस्थित महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन्।

ट्यांकर ठोक्किंदा महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको छ। त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान मन्दिरको भित्तामा ठोक्किएको काठमाडौं उपत्यका  ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ।

सिटमै च्यापिएका चालकलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टर पुर्‍याएको थियो। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर