
तस्बिर: अन्नपूर्णपाेष्ट


काठमाडौं : निर्माण व्यवसायीहरूले बाँकी रकम भुक्तानीको माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा निर्माण व्यवसायीहरू धर्ना दिन सोमबार बिहान बालुवाटार पुगेका हुन्।

निर्माण व्यवसायीहरूले कतिपय निर्माण सम्पन्न भइसकेका योजनाहरूको समेत भुक्तानी नदिको भन्दै सरकारको तीव्र आलोचना गर्दै आएका छन्। उनीहरू निर्माण कार्यको बाँकी कार्यको भुक्तानी, योजनाको म्याद थप,मूल्य समायोज,उपभोक्ता समिति खारेजीलगायतका ९ बुँदे माग राख्दै प्रधानमन्त्री निवास अगाडि धर्ना बसेका हुन्।

Views: 128

