Aamsanchar

महाराष्ट्रको समृद्धि एक्सप्रेस राजमार्गमा भएको दुर्घटनामा १६ मजदुरको मृत्यु

Author Image
मङ्गलवार, साउन १६, २०८०

नयाँ दिल्ली : भारतको महाराष्ट्रको ठाणेमा रहेको समृद्धि एक्सप्रेस राजमार्गमा सोमबार राति     भएको दुर्घटनामा १६ मजदुरको मृत्यु भएको छ भने तीन  जना घाइते भएका छन्।

राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा ग्रिडर लन्चिङ मेसिन खस्दा दुर्घटना भएको हो। मिडिया रिपोर्टका अनुसार ग्रिडर मेसिन १०० फिटको उचाइबाट खसेको थियो । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । अहिले पनि धेरै मजदुर त्यही पुरिएको हुन सक्ने आशंका गरिएको छ।

उद्धार कार्य जारी छ। मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने स्थानीय समाचारमा उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर