एजेन्सी – युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीको गृेहनगर ‘क्रिभि रिह’ शहरमा रुसले गरेको मिसाइल आक्रमणमा १० वर्षीया बालिका सहित ६ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा ६९ जना घाइते भएका छन् । सो क्षेत्रका गभर्नर सेर्ही लिसाकले यो घटनापछी नगरमा एकदिने शोक घोषणा गर्नुभएको छ । सो शहर पछिल्लो समय रुसी आक्रमणको निशाना बन्दै आएको छ ।
६ लाख मानिसको बसोबास रहेको सो शहरमा मिसाइल आक्रमण भएको जनाउँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आवासिय भवन र विश्वबिद्यालयमा मिसाइल प्रहार भएको पुष्टी गर्नुभएको छ । साथै उहाँले घटनाले देशलाई आघात पुगेतापनि रुसी हमलाले नडराउने जनाउनु भयो ।
आक्रमण लगत्तै सामाजिक सञ्जालमा ट्वीट् गर्दै उहाँले रुसले युक्रेनमाथि नरसंहार मच्चाएको आरोप पनि लगाउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 110