Aamsanchar

भारतीय चर्चित धर्मगुरु ‘बागेश्वरधाम सरकार’ ले नवलपरासीको शाश्वत धाममा प्रवचन दिने 

Author Image
मङ्गलवार, साउन १६, २०८०

भरतपुर । भारत स्थित बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) ले शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन ।

उनले भदौ २ गते देखि ४ गते नेपालको नवलपरासी स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रपले जानकारी दिएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित उनी युवा आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।
बागेश्वरधाम सरकारले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिंदै पुण्यभूमि नेपालस्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन ।

चौधरी ग्रुप सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारको शाश्वतधाम कथावाचन यात्रा तय भएको चौधरी ग्रपले जनाएको छ ।

उनले शाश्वतधाममा कथावाचनमा जानु अगाडि १ भदौमा काठमाडौंमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । सोही दिन उनी पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)