Aamsanchar

कैदीबन्दीहरु द्वारा झापा कारागारमा आगजानी, भयावह स्थिति, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

Author Image
शुक्रवार, साउन १९, २०८०

झापा। चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । उनीहरुले कारागारभित्र आगजनी गरेका छन् ।

कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका कारगार श्रोतले जनाएको छ ।

कैदीबन्दीहरुले कारागारभित्र नारावाजी गरिरहेका छन् । कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ । भित्रको अवस्था थाहा हुन सकेको छैन । भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको छ । झापाका दमक, कमल गाउँपालिकोे वारुणयन्त्र पनि घटना स्थल कारगारमा पुुगेको छ । कैदीबन्दीहरुद्वारा झापा कारागारमा कागजानी हुदा त्यहाँको अवस्था भयावह बनेको छ । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर