Aamsanchar

यी खानेकुरा प्रेसरकुकरमा पकाए स्वास्थ्यका लागि खतरनाक !

Author Image
शनिवार, साउन २०, २०८०

काठमाडौं: हामी खाना छिटो वा कम समयमा पकाउन  प्रायः प्रेसर कुकरको मद्दत लिन्छौँ। यसमा तपाइँ आफ्नो मनपर्ने खाना सजिलै पकाउन सक्नुहुन्छ।

तर, केही खानेकुरा यस्ता छन्, जसलाई प्रेसर कुकरमा पकाउन निषेध गरिएको छ । किनभने ती खाना स्वास्थ्यका लागि खतरनाक हुन्छन्। वास्तवमा, खाना पकाउने कला मात्र होइन विज्ञानसँग पनि सम्बन्धित छ।

आज हामी खाना पकाउनु पछाडिको विज्ञानको बारेमा कुरा गर्ने छौँ। विज्ञानका अनुसार हामीले प्रेसर कुकरमा खाना पकाउनबाट जोगिनुपर्छ। हामीले मनपर्ने खाना सजिलै पकाउन प्रेसर कुकरको मद्दत लिन्छौँ। तर, केही खानेकुरा यस्ता छन् , जसलाई प्रेसर कुकरमा पकाउन निषेध गरिएको छ ।

हरियो सागसब्जी

हरियो सागसब्जी, पालक, केल र कोलार्ड हरियो तरकारीमा नाइट्रेटको मात्रा उच्च हुन्छ। जब यो उच्च तापक्रममा हुन्छ, त्यसमा विषाक्त नाइट्रोमाइनको मात्रा बढ्छ। यी तरकारीहरूलाई प्रेसर कुकरमा पकाउन निषेध गरिएको छ किनभने नाइट्रेट उच्च हुन्छ,जसले गर्मीका कारण नाइट्रोमाइन्सको जोखिम बढाउँछ।

सिमी

सिमीमा लेक्टिन हुन्छ । जुन निकै विषाक्त हुन्छ । जसलाई राम्ररी पकाउन नसक्दा पेटमा समस्या आउन सक्छ । यो प्रत्यक्ष खाना शरीरका लागि खतरनाक सावित हुन सक्छ। यसलाई प्रेसर कुकरमा पकाउँदा भाँच्न थाल्छ । जसका कारण पेटको समस्या हुन सक्छ।

दुग्ध जन्य खानेकुरा

दुध, दही, पनीर जस्ता उपभोग्य वस्तुलाई प्रेसर कुकरमा भुलाएर पनि पकाउनु हुँदैन । किनभने यो विस्फोट हुन सक्छ। एकै समयमा, यसको स्वादलाई धेरै हदसम्म असर गर्न सक्छ।

स्याउ र नासपती जस्ता फलफूल

प्रेसर कुकरमा स्याउ र नासपती पकाउनु हुँदैन । किनभने यसको पोषण पूर्ण रूपमा खेर जान्छ। फलफूल बेकिङ वा पोचिङ गरेर पकाउनु राम्रो हुन्छ

चामल

चामल प्रायः तातो तापक्रममा पकाइन्छ। यदि यसलाई राम्ररी पकाएर खाइएन भने यो स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ। प्रेसर कुकरमा भात पकाउँदा मात्रामा ध्यान दिनुहोस्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर