Aamsanchar

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको ज्यान गयाे

Author Image
आइतवार, साउन २१, २०८०


इस्लामावाद –पाकिस्तानको सिन्ध प्रान्तमा हजारा एक्सप्रेस रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । रेलमन्त्री साद रफिकले घटनाको पुष्टि गरेका छन् ।

“रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । र, कयौँ घाइते भएका छन्,” मन्त्री रफकले भने ।

पत्रकार सम्मेलनमा मन्त्री रफिकले दुर्घटना हुँदा रेलको गति प्रतिघण्टा ४५ किलोमिटर रहेको थियो ।

तीव्र गतिका कारण रेल दुर्घटना भएको शंका गरेपछि उनले रेलको गति धेरै नभएको बताएका हुन् ।

रेल दुर्घटनामा परेकाहरुको उद्धार कार्य जारी रहेको छ । बीबीसीबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर