Aamsanchar

आँखा पाक्ने रोगका कारण दाङको गढवाका विद्यालय एक साता बन्द

Author Image
सोमवार, साउन २२, २०८०

दाङ –  दाङको गढवा गाउँपालिकाका आँखा पाक्ने रोगका कारण संस्थागत विद्यालयहरु एक साताका लागि बन्द हुने भएका छन् ।

गाउँपालिकाले सुचना जारी गर्दै पालिका तथा समुदायस्तरका बालबालिकामा आँखा चिलाउने,रातो हुने तथा आँखा पाक्ने समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

त्यस्तै, विद्यार्थीमा हुनसक्ने थप जोखिमलाई मध्यनजर गर्दै साउन २८ गतेसम्मका लागि पालिका भरका संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको छ ।

यसैगरी, आँखामा सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पनि ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर