Aamsanchar

पाकिस्तानको विदेश मन्त्रालयद्वारा पाकिस्तानी कृकेट टिमलाई भारत भ्रमणको अनुमति

Author Image
सोमवार, साउन २२, २०८०

काठमाडौं – पाकिस्तानको विदेश मन्त्रालयले भारतमा हुने एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोलीलाई यात्राको अनुमति दिएको छ ।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुने तालिका सार्वजनिक भएको छ । विश्वकपमा भारतले अक्टोबर १५ मा पाकिस्तानविरुद्ध अहमदाबादमा खेल्ने तालिका थियो ।तर, तालिका सार्वजनिक भएको केही समयपछि आईसीसीले भारत–पाकिस्तानको खेल अक्टोबर १५ मा अहमदाबादमा नहुने जनाएको थियो । आईसीसीले यी दुई टिमबीचको खेल अक्टोबर १४ मा हुने जनाए पनि स्थान भने सार्वजनिक गरिसकेको छैन ।

“खेलकुदलाई राजनीतिमा मिसाउन हुँदैन भन्ने कुरालाई पाकिस्तानले निरन्तर कायम राखेको छ । त्यसैकारण, भारतमा हुने आईसीसी क्रिकेट विश्वकप–२०२३ मा पाकिस्तानी टिमलाई पठाउने निर्णय भएको छ । भारतसँगको राज्य सम्बन्धका कारण खेलकुदसम्बन्धित दायित्वको विपक्षमा उभिन हुँदैन भन्ने पाकिस्तानको विश्वास छ,” पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानी विदेश मन्त्रालयले भारत भ्रमणका लागि टिमको सुरक्षा सबैभन्दा मुख्य चासो भएको र आईसीसी तथा भारतीय अधिकारीहरुले सुरक्षाको विश्वास दिलाएको जनाएको छ ।

“हामीले विश्वकपमा लागि भारत भ्रमण गर्ने पाकिस्तानी टिमले पूर्णसुरक्षाको अनुभव गर्नेछ भन्ने आशा लिएका छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर