

दोलखा : बिगु गाउँपालिकामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । तामाकोशी नदीमा तिते माछा टिप्न आएका विगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

तिते माछा टिप्न मंगलबार राति तामाकोशी नदी पुगेका तामाङलाई माथिबाट खसेको पहिरोले पुरेको हो। उनीसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन् ।
Views: 124

