Aamsanchar

देवघाटस्थित गण्डकी गङ्गा आरतीमा भक्तजनको घुइँचो

Author Image
आइतवार, साउन २८, २०८०

देवघाटधाम- चितवनको देवघाटस्थित धर्म दर्शन आश्रममा दैनिक साँझ हुने गरेको गण्डकी गङ्गा आरतीमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

चतुर्मासको अवसर पुरुषोत्तममास माहात्म्य सङ्गीतमय कथा वाचनसँगै दैनिक साँझ ६ः३० बजेबाट धर्म दर्शन आश्रम परिसरमा गण्डकी गङ्गा आरती हुँदै आएको छ ।

धर्म दर्शन आश्रम परिसरमा शनिबार साँझ पानी, झरीको पर्वाह नगरी भक्तजन गण्डकी गङ्गामा पुगेका थिए । आकर्षक गण्डकी गङ्गा आरतीको क्रममा देवघाटमा रहेको कन्या गुरुकुलुम श्री रामजानकी बालिका आश्रम र रामजानकी गार्गी गुरुकुलुमका किशोरीहरुको भजन भक्तजनलाई मोहित बनाएको थियो ।

हरिशयनी एकादशी असार १४ देखि सुरु भएको पुरुषोत्तममास माहात्म्य सङ्गीतमय कथा वाचन मङ्सिर ११ गतेसम्म चल्नेछ । पुरुषोत्तममास माहात्म्य सङ्गीतमय कथा वाचन कथाव्यास पण्डित कुवेर सुवेदीले गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर