Aamsanchar

पहिरोमा परि झण्डै ५० जना भक्तजन पुरिए, नौ जनाको शव भेटियो

Author Image
सोमवार, साउन २९, २०८०

भारतको हिमाञ्चल प्रदेश स्थित सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । नौ जनाको शव भेटिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो । पहिरोले मन्दिर पनि ढलेको खबरमा उल्लेख छ ।

पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धार तथा खोजी कार्य भइरहेको छ । भीषण वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौँ गाडीहरु बाटोमा अलपत्र परेका छन् । हिमाञ्चलकै सोनलमा भीषण वर्षा हुँदा सात जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर