Aamsanchar

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ द्वारा बिर्तामोडमा मानवीय सेवाको काम 

Author Image
सोमवार, साउन २९, २०८०

बिर्तामोड। औषधि क्षेत्रमा कार्यरत बजार प्रतिनिधिहरूको छाता संगठन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५४ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
प्रत्येक वर्ष अगस्ट १४ तारिखमा संस्थाले मनाउँदै आएको स्थापना दिवसको अवसरमा सोमबार संघको मेची इकाइद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो ।

इकाइका अध्यक्ष बिनोद राजवंशीको अध्यक्षता तथा केन्द्रीय सचिव डुपेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बृहत मोटरसाइकल ¥याली निकालिएको थियो । केन्द्रीय सदस्य भुपाल निरौलाको विशिष्ट आतिथ्य एवम् मेची इकाईका सहसचिव ललनकुमार झा को सञ्चालनमा ट्राफिक प्रहरीको सहयोग एवम् व्यवस्थापनमा मनकामना कलेजदेखि महेन्द्र राजमार्ग हुँदै परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमसम्म ¥याली निकालिएको थियो ।

साथै वृद्धाश्रममा संस्थाका उपाध्यक्ष रोशन चौधरी तथा सहसचिव सर्वेन्द्र राजवंशीको संयोजकत्वमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । डा. उज्ज्वल देव र डा. प्रवीन मण्डलद्वारा ४० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
त्यसैगरी वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुका लागि चामल, खाने तेल र चप्पल समेत वितरण गरिएको थियो । यसअघि संस्थाको कार्यालयमा अन्तरक्रिया कार्यक्रमसहित शुभकामना आदानप्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)