Aamsanchar

संसद्को गतिरोध अन्त्यका लागि सत्तारूढ दलहरूका नेता बैठकमा

Author Image
बुधवार, साउन ३१, २०८०

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ । विगत तीन महिनायता संसद्को गतिरोध अन्त्यका लागि सत्तारूढ दलहरूको बैठक बसेको हो ।
पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको छ ।

एमालेले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वासलगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै एमालेले संसद् अवरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)