झापा । झापाको झापा गाउँपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो प्रहरी चौकी टाघनडुव्बाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका दमक नगरपालिका–३ का २२ बर्षीय जीवन सार्कीको साथबाट ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । यसै गरी बिराटनगर–१६ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१४ का २९ बर्षीय सुरेन चौधरीलाई नाईट्रोभेट १०० ट्रयावलेट सहित पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
1
+1
1
+1
1
+1
Views: 174